राजावादीले घन्टाघर चोकमा झुन्ड्याएको पूर्व राजा ज्ञानेन्द्र शाहको तस्बिर अंकित ब्यानर मोर्चाका कार्यकर्ताले च्यातेका थिए । मोर्चाको विरोधबीच पूर्व निर्धारित कार्यक्रम अनुसार ११ बजे विभिन्न नारा लगाउँदै अर्को ब्यानरका साथ जुलुस निकालेका थिए । ‘राजा आउ देश बचाउ, राजसस्था पुनर्स्थापना गर, २०७२ सालको सविधान खारेज गरी २०४७ को सविधान लागु गर’ लगायतको नारा लगाउँदै घण्टाघर चोकबाट विरोध जुलुस निकालेको थियो । राजसंस्था पूर्नस्थापना संघर्ष समितिको नेतृत्वमा निकालिएको विरोध जुलुस जिल्ला प्रशासनमा पुगेर निमित प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
ज्ञापनपत्रमा २०७२ को सविधानमा छुटेका संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र र मधेशी मुद्दालाई अविलम्ब सम्बोधन गरी देशको स्थितिलाई सहज बनाउन माग गरिएको छ । ज्ञापन पत्रमा २०७२ को सविधानलाई संशोधन गरी वा पुनर्लेखन गरी सम्बैधानिक राजसंस्थालाई राष्ट्रप्रमुखको रुपमा संबैधानिक मान्यता दिनुपर्ने उल्लेख गरिएको छ । समितिका अध्यक्ष गणेश साहले राज्य धर्मको रुपमा हिन्दुत्वलाई संवैधानिक मान्यता र मधेशी मुद्दालाई सम्बोधन गरी मुलुकलाई छिटो निकास दिन प्रधानमन्त्री ओलीसँग माग गरेको बताए । उनले साढे तीन महिनादेखि जारी मधेश बन्दले नेपाली जनताको दैनिकी सारै कस्टकर बन्दै गएपनि सरकारले ध्यान नदिएको प्रति चिन्ता प्रकट गरे । बहुसंख्य नेपाली जनतामा आज पनि संवैधानिक राजसंस्था र हिन्दुत्वको प्रति अपार श्रद्धा रहेको बताउँदै अध्यक्ष साहले सम्बैधानिक राजसस्था र हिन्दुत्वलाई हटाइएको दिनदेखि देशमा अनेकखालको संकट बढदै गएको बताए ।
राष्ट्रवादी समूहले उठाएको माग अविलम्ब सनुवाई नभए सम्पूर्ण राष्ट्रवादी र हिन्दुवादी शक्ति मिलेर शान्तिपूर्ण सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । उनले सविधान सभाबाट जारी संविधानले झन देशलाई अफ्ठयारो स्थितीमा पुर्याएको, मुलुकमा राजनितिक अस्थिरता, अन्यौलता, दण्डहीनता, अराजकता, भ्रष्टचार, जातिय, क्षेत्रिय, भाषिक लडाईंतर्फ उन्मुख गराई मुलुक आन्तरिक द्वन्द्वमा फस्दै गएकाले यसमा तुरुन्त सुधार ल्याउनु पर्नेमा जोड दिए ।
विरोध जुलुसमा नेपाल विद्यवत परिषद, नेपाल राष्ट्रवाद संघ, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रभक्त देशभक्त समूह लगायत राष्ट्रवादी संगठनहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment