
![]() |
फलेवास (पर्वत)– हिमालपारीको जिल्ला मुस्ताङको कागवेनीदेखि पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथसम्म पुग्ने सडक खण्डमा कालोपत्रे गर्न सुरु गरिएकाे छ।
मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडकको रुपमा कागवेनीदेखि मुक्तिनाथ जोडने सात किलोमिटरको सडक कालोपत्रे हुन लागेको हो। मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुर्ननिर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे हुन लागेको हो। जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर रविन्द्र तिवारीका अनुसार आगामी २०७४ असार मसान्तसम्म सम्पन्न गर्ने गरी कालाेपत्रे निर्माण अगाडि बढेको छ।
जिल्ला प्राविधिक कार्यालय मुस्ताङले दिएको जानकारीअनुुसार रु. १० करोड ८६ लाखको लागतमा उक्त सडक खण्ड कालोपत्रे हुन लागेको हो। जिल्लामा झण्डै २५० किलोमिटर सडक सञ्जाल भए पनि हालसम्म कुनै पनि सडक खण्डमा कालोपत्रे भएको छैन। जिल्लाको सदरमुकाम जोड्ने वेनी–जोमसोम सडक खण्डसमेत हालसम्म कालोपत्र भएको छैन। सडक खण्ड कालोपत्रे नहुँदा सडक मार्ग हुँदै मुक्तिनाथ जाने तीर्थयात्रुले झन्झट बेहोर्दै आएका छन्।
मुक्तिनाथ दर्शनका लागि नेपालका अधिकांश जिल्लाका साथै भारतबाट समेत वर्षेनी हजारौँ भक्तजन आउने गरेका छन्। सडक कालोपत्रे भएपछि मुक्तिनाथ आउने धार्मिक पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने तिवारीको भनाइ छ। चीसाे मौसममा हिउँ पर्ने र वर्षात्रको समयमा म्याग्दी सडक खण्ड अवरुद्ध हुने भएका कारण कालोपत्रे हुन समय लाग्ने बताइएकाे छ। सडक कालोपत्रे भएपछि मुक्तिनाथ जाने तीर्थालुको यात्रा भने सहज हुनेछ

A fully guided bike tour to the most stunning valleys of Mustang with spectacular mountain views. Witness ethnic cultures of Nepal. We kick-start with a ride to Pokhara - Nepal's most chilled out lakeside city nestled in the laps of Annapurna mountains. Chill out at the Pokhara's laid-back lakeside town or go boating on the calm waters of Fewa lake. Ride through the scenic countryside and hit the dirt road build recently along the most popular Annapurna trekking trail and arrive at Tatopani (Hot spring). Relax your muscles and enjoy chilled beer in the natural hotspring at Tatopani.
Ride through the scenic dirt road following the Kali Gandaki river all the way to Muktinath (3800m). Enjoy lunch at culturally rich ancient village of Marpha. Mountain views here are jaw dropping and the Tibet like landscape and house structure will make you feel like you are in Tibet and not Nepal. We explore the Muktinath area and surrounding villages. We ride back the same route enjoying the spectacular mountain views and enjoy hot spring bath at Tatopani. We continue our ride back to Kathmandu, via Pokhara. An extra day in Pokhara is suggested if you have time for some extra adventure activities like paragliding, zipline, bungy, or explore the numerous natural caves in the Pokhara valley.

![]() |
No comments:
Post a Comment